Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार

2017-05-13

Lumbini, Kapilbastu, Shivaraj, Ward 5

स्थानीय निर्वाचनको विरोध गर्नुका साथै निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकतालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले गिरफ्तार गरेको छ । प्रहरीले वैशाख ३० गते नेपाल कम्युनिष्ट पार्टीको ५ नम्बर क्षेत्रका क्षेत्र इन्चार्ज खुमानसिहं परियार, जिल्ला सदस्य राजेन्द्र प्रसाद शाह, वडा समिति सदस्य नन्दलाल पुरी र पश्चिम कमान्डर मान बहादुर बुढालाई उनीहरूको घरबाटै गिरफ्तार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । निर्वाचन आचार संहिता विपरित सो पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण कपिलवस्तुको जनजीवन प्रभावित बनेको छ । बिहान देखि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् भने उद्योगधन्दा कलकारखाना, बजार बन्द रहेका छन् । जिल्लाका चन्द्रौटा, गोरुसिहें, जितपुर, ओदारी, तौलिहवा, महाराजगन्ज, पकडी, लबनी लगायतका बजार बन्द रहेका छन् भने प्रेस, एम्बुलेन्स, मानवअधिकारकर्मी, कुटनीतिक नियोगका साधन, विवाहका सवारी साधन भने संचालन रहेका छन् । नन्दराम पौडेल
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports