Incident Reports

बन्दले जिल्लाको जनजीवन प्रभावित

2017-05-13

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनावको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण वैशाख ३० गते जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ । बिहानै देखि जिल्ला भित्रने र बाहिरीने कुनै सवारी साधन नचलेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेम श्रेष्ठले बताए । जिल्लाको क्षेत्र पूर्णरूपमा बन्द भएको छ । जिल्लामा भारतिय सैनिकहरूको पेन्सन वितरण भइरहेकाले विभिन्न स्थानबाट सदरमुकाम आउने सेवाग्राही बढी प्रभावित भएका छन् । गाउँबाट सदरमुकाम तम्घास आउने बिरामी, यात्रु, सेवाग्राही तथा विद्यार्थीहरू बन्दको प्रभावमा परेका छन् । जिल्लाको सुरक्षा ब्यवस्था मिलाउन आवश्यक सुरक्षाकर्मीको टोली तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports