Incident Reports

बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वर गाँउपालिमा एमाले उम्मेदवारले मतदानस्थल छोडे ।

2017-05-14

Bagmati, Dolakha, Baiteshwor, Ward 3

स्थानीय तहको निर्वाचनमा अहिले सम्म दोलखा बढी तनावपूर्ण देखिएको छ । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै उम्मेद्वार र बैत्येश्वर गाँउपालिकाका पनि सबै उम्मेद्वारहरु बुथ छोडेर हिडेका छन् । उनीहरुले निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा उजुरु दिएका छन् । एमाले दोलखाका अनुसार बैत्येश्वर गाउपालिका वडा नम्बर १ को विष्णु प्रावि गैरीमुदी, वडा नम्बर २ को जनज्योती मावि गैरीमुदी, तामाकोशी गाउपालिकाको वडा नम्बर २ को अम्मर मावी झुले, वडा नम्बर ३ को कालापानी जफे, वडा नम्बर ३ कै जमुने हेल्थपोपट जफेमा काग्रेस र माआवादी केन्द्रको गठबन्धनले हतियार देखाउदै मतदाता लखेटेर बुथ कब्जा गरेको छ । सुरक्षा निकायलाई जानकारी गराउदा सुरक्षा दिन नसक्ने जवाफ आएको भन्दै उम्मेद्वारहरु आफै सुरक्षाका लागि गाँउ छाडेर हिडेका हुन् । अन्य स्थानमा शान्तिपूर्ण चुनाव भइरहे पनि दोलखाका धेरै स्थानमा असमान्य स्थिति देखा परेको छ । विगु गाँउपालिकाको अलम्पु केन्द्रमा तनाव भएपछि मतदान सुरु भएको छैन । जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरीमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् । बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए । फायरिङमा बाहिरका मान्छे ल्याएको आशंका गरिएको छ । मतदान प्रतिनिधिहरुले मतदातालाई स्वतन्त्र रुपमा मत खसाल्न नदिने गरी गतिविधि गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यस क्रममा केही घाइते भएका छन् । बैत्येश्वरको गैरीमुदी विगतका चुनावमा पनि बढी नै तनाव हुने स्थल हो । स्वतन्त्र रुपमा मतदान गर्ने क्रमम विगतका चुनावमा पनि त्यो क्षेत्रमा अवरोध हुने गरेको इतिहास छ । यसपटक पनि विगतकै जस्तै घटना दोहोरिएको छ । एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्ने प्रयास गरेको दाबी गरेको छ । त्यही प्रयासले गर्दा स्थिति तनाव पूर्ण भएको हो । उक्त क्षेत्र काग्रेस र माओवादीको होल्ड भएको मानिन्छ । यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको थियो । झुले पनि संवेदनशिल क्षेत्र मानिन्छ । तामाकोसीकै कालापानी बुथमा झडप भएको छ । झडपमा एमालेका २ नम्बर वडाका अध्यक्षका उम्मेद्वार परशु कार्की र जिल्ला कमिटी सचिवालय सदस्य जीवस घाइते भएका छन् । उनीहरुलाई प्रहरीले रेक्क्यू गरेर उपचारमा लगेको छ । मेलुङ गाँउपालिकाको मेलुङ बुथमा पनि सामान्य झडप भएको छ । Update ------------ दोलखामा सीडीओ र डीएसपीकै सहयोगमा सत्तापक्षले बुथ कब्जा गरेको एमालेको आरोप रमुख विपक्षी नेकपा एमालेले दोलखा जिल्लाका अधिकांश मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै सहयोगमा सत्तारुढ गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेको छ । मतदान सम्पन्न भएपछि एमाले महासचिव ईश्वर पोखरेल र सचिव योगेश भट्टराईले फेसबुक लाइभमार्फत तामाकोशी र बैत्यश्वर गाउँँपालिकाका आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा पुनःनिर्वाचनको माग गरेका हुन् । महासचिव पोखरेलले भने- ‘दोलखामा धेरै ठाउँमा मतदातालाई मतदान गर्नबाट बञ्चित गरी सत्तापक्षले कब्जा गरेको छ । एमालेका उम्मेदवारले सुरक्षा माग्दा सुरक्षाकर्मीले उल्टै बुथ कब्जा गर्न सघाएका छन् । त्यहाँका सिडिओ र डीएसपी अत्यन्त उद्दण्ड ढंगले प्रस्तुत भएकाले हामी गम्भीर बनेका छौं । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने सन्दर्भमा उनीहरुको भूमिका सकारात्मक रहेन ।’ दोलखाको घटनाबारे आफूले प्रमुख निर्वाचन आयुक्तसँग कुरा गरेको र पुनः मतदानका लागि ध्यानाकर्षण गराएको पोखरेलले बताए । ‘गोली चलाएर हत्या गरिएको छ, बाहिरबाट लगिएका पेशेवर गुण्डाहरुबाट बन्दूक लगायत घरेलु हतियारबाट उम्मेदवार र मतदातामाथि आक्रमण गरेर लेखेटिएको छ’ पोखरेलले भने निर्वाचन आयोगले यो कुरा बुझेर प्रक्रियासँगत ढंगले पुन मतदान गराउनुपर्छ,नत्र स्वीकार्य छैन ।’ एमालेले निर्वाचन आयोगको भूमिकामाथि समेत अशन्तुष्टि जनाएको छ । आयोग निरीह र लाचार देखिएको महासचिव पोखरेलले बताए । उनले भने- ‘हामी निर्वाचन आयोगको इन्टिगि्रटीमाथि प्रश्न उठाउन चाहादैनौं, तर आयोगको भूमिका यो भन्दा शसक्त हुनुपथ्र्यो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Entity CPNM-MC
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports