Incident Reports

नुवाकोटमा मतदान केन्द्र नजिकै बम बिष्फोट

2017-05-14

Bagmati, Nuwakot, Belkotgadhi, Ward 4

नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित मतदान केन्द्र नजिकै बम बिष्फोट भएको छ । बेल्कोटगढी नगरपालिका वडा नम्बर ४ को पञ्चासे मावी मतदान केन्द्रभन्दा ५०० मिटरको दूरीमा बम बिष्फोट भएको र बिष्फोटले कुनै क्षति नगरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी ऋषिराम कँडेलले जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बिथोल्ने उद्देश्यले बम बिष्फोट गराएको आशंका प्रहरीले गरेको छ । बम बिष्फोट गराएको आरोपमा स्थानीय शिवराम तामाङलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको डिएसपी कँडेलले बताए । बिष्फोटपछि मतदान स्थलमा केहिबेर त्रास देखिएपनि मतदान प्रक्रिया भने नरोकिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports