Incident Reports

देउराली मतदान केन्द्रमा निर्वाचन चिन्ह अङ्कित टिसर्ट लगाएका काङ्ग्रेसका कार्यकर्ता मतदानस्थलमै

2017-05-14

सिन्धुलीको कमलाई नगरपालिका-४ देउराली मतदान स्थलमा निर्वाचन चिन्ह अङ्कित टिसर्टमै रहेका काङ्ग्रेस कार्यकर्ताहरूले मतदाताहरूसँग मत मागेका छन् । सो मतदान केन्द्रका मतदान अधिकृतसँग सो विषयमा इन्सेक प्रतिनिधिले कुरा राखेपछि सुरक्षा व्यवस्था मजबुत नभएका कारण समस्या भएको र थप सुरक्षाकर्मी पठाई दिन सम्बन्धित निकायलाई आग्रह गरिएको बताएका छन् । यसैगरी सिन्धुलीको दुधौली नगरपालिका-४ स्थित डकहा मतदान केन्द्र र दुधौली नगरपालिका-७ स्थित सुगारे मतदान केन्द्रमा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच वैशाख ३१ गते बिहान मतदानको विषयलाई लिएर भनाभन भएको थियो । सो मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।

0 Comments

Related Reports