Incident Reports

नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्ता पक्राउ

2017-05-13

Sudurpashchim, Kailali, Dhangadhi

प्रहरीले कैलालीका विभिन्न स्थानबाट सनिबार विप्लव माओबादीका सात जना कार्यकर्ता पक्राउ गरेको छ । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बिमल धामीका नामले चिनिने जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी नेता बालासिंह धामी र विकल्प कार्कीलाई कैलालीको खानीडांडाबाट शनिबार दिउसो पक्राउ गरेको छ । यसघि शनिबार बिहान प्रहरीले धनगढीबाट दुई जना र टिकापुरबाट दुई जना विप्लब माओबादीका कार्यकर्ता पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिर बहादुर बुढामगरले उनीहरुलाई बजार बन्द गरिरहेको र संकास्पद गतिबिधि गरिरहेको अवस्थामा पक्राउ गरेको बताए । उनका अनुसार धनगढीबाट राष्ट्रिय युवा जनस्वयंसेवक जिल्ला उपाध्यक्ष्य जयबहादुर धानुक र एरिया कमिटी सदस्य राजु दाहाल पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले एउटा मोटरसाइकल पनि पक्राउ बरामद गरेको छ । टिकापुरबाट पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष्य झलक बिके र सो पार्टीका टिकापुर इन्चार्ज नरेन्द्र बिकेलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments

Related Reports