Incident Reports

बाल जागृति माविमा अज्ञात समुह द्वारा आगजनी

2017-05-05

निजि बिध्यालयका तिन संगठनले एंठपुरस्थित बाल जागृति माध्यमिक बिद्यालयमा गरिएको आगजनीको निन्दा गर्दै संलग्नलाई कारवाहीको माग गरेका छन् । निजी बिध्यालयका संगठन प्याब्सन, एन प्याब्सन , र आइ प्याब्सनले संयुक्त बिज्ञप्ति प्रकाशित गरी बिध्यालयमा गरिएको आगजनीलाई अपराधिक कार्य भन्दै भत्सर्ना गरेका छन् । शुक्रबार राती ९ बजे अज्ञात समुहले एंठपुरस्थित बिध्यालयको कक्ष्या कोठामा आगजनी गरिएको थियो । आगजनीबारे समयमा जानकारी भएकाले ठुलो क्षति हुनबाट जोगिएको थियो । घटनाको भत्सर्ना गर्दै संगठनहरुले शिक्षण संस्थामा पूर्ण सुरक्षाको ग्यारेन्टी माग गर्दै आगजनीबाट भएको क्षतिपूर्ति समेत दिन माग गरेका छन् । बिद्यार्थी संगठनले शुक्रबार शिक्षा कार्यालयमा तालाबन्दी गरि निजी शिक्षण संस्था बन्द अब्वाहन गरेका थिए । तिन महिना अघि बाल जागृति नजिक कंचन बिद्या मन्दिरमा पनि आगजनीको प्रयास गरिएको थियो । प्रहरीले घटनाको मुचुल्का तयार परी अनुसन्धान सुरु गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports