Raniban health post in Mahawu Rural Municipality has been closed since Monday, June 5 due to a longstanding dispute between health workers and the owner of the land on which the health post is located.
Health workers including incharge of the healthpost Hem Gurung reached district headquarter on Sunday around 9 pm demanding security they were allegedly manhandled and threatened by the owner of the land, Harka Bahadur Tamata. Tamata has claimed that although his father had donated some land for the purpose of building the health post, the health post has claimed ownership over all of the 17 Ropanis of land belonging to him.
जग्गामा विवाद बढेपछि महाँवु गाउँपालिकाको रानीवन स्वास्थ्य चौकी सोमबारदेखि बन्द भएको छ । स्वास्थ्य चौकी बन्दले सर्वसाधारण प्रभावित भएका छन् ।
स्वास्थ्यकर्मीहरू आइतबार राति ९ बजे सुरक्षा माग्दै सदरमुकाम पुगेका थिए । स्वास्थ्य संस्था राखेको जग्गाबारे जग्गादातासित लामो समयदेखि विवाद छ । यसलाई लिएर स्थानीयबाट हातपात र ज्यान मार्ने धम्की आएपछि स्वास्थ्यकर्मी सदरमुकाम पुगेका हुन् ।
दुवै पक्षको भनाभनपछि स्वास्थ्य चौकीका इन्चार्ज हेम गुरुङसहितलाई ज्यान मार्ने धम्की दिइएको थियो । स्थानीय हर्कबहादुर टमटाको परिवारले ज्यान लिने धम्की दिएपछि सदरमुकाम आएको अहेव शम्भुप्रसाद कुसवाहाले बताए । आफ्नो जग्गामाथि घर बनाउन नपाउने भन्दै टमटाले आफूहरूलाई अन्याय गरेको उनको भनाइ छ । स्वास्थ्य चौकी स्थापना गर्दा टमाटाका बाबुले १७ रोपनी जग्गा दान गरेका हुन् । सबै जग्गा स्वास्थ्य चौकीका नाममा भएपछि जीविकोपार्जनमै समस्या भएको टमाटाको भनाइ छ ।
आफ्ना बाबुले थोरै जग्गा दान गरे पनि मालपोतमा बढी क्षेत्रफल पास गरेको भन्दै फिर्ताका लागि उनले पहल गर्दै आएको बताए । लामो समयदेखि जग्गाको विषयलाई लिएर अड्डा अदालत धाए पनि समस्या समाधान हुन नसकेको उनले जनाए । जिल्ला स्वास्थ्य प्रमुख डा. सोभित थापाले स्वास्थ्य चौकी खोल्न कर्मचारीलाई निर्देशन दिएको बताए । उनले प्रहरीको सहयोग लिएर कार्यालय सञ्चालन गर्न भनेका छन् ।