Incident Reports

Forest section office arrested with bribe

2017-06-12

Lumbini, Banke, Nepalgunj

The commission of Investigation of Abuse of Authority has arrested a forest section officer of Magaraadhi in Banke district with bribe money. Officer Rajkishor Prasad Swarnakar was arrested red-handed while taking Rs,6000 as a bribe from a service seeker. CIAA have arrested 4 people including Swarnakar for the investigation. इलाका वन कार्यालय, मगरागढी बर्दियाका सहायक वन अधिकृत राजकिशोरप्रसाद स्वर्णकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले घूस लिँदालिँदै पक्राउ गरेको छ । व्यक्तिको निजी जग्गामा रहेको रूख कटान गरिसकेपछि काठ र गोलियाको लगत तयार गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घूस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको टोलीले उनीमाथि निगरानी बढाएको थियो । आइतबार कोहलपुरबाट खटिएको टोलीले स्वर्णकारलाई ६ हजार घूससहित पक्राउ गरेको कार्यालयका सूचना अधिकारी निराजन शर्माले बताए । अख्तियारको टोलीले एक साताको अवधिमा उनीसहित चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । गत बुधबार भूमिसुधार कार्यालय नेपालगन्जका नायब सुब्बा शैलेन्द्रकुमार कर्ण पक्राउ परेका थिए । त्यस्तै गत सोमबार मालपोत कार्यालयका खरिदार नरबहादुर सारूमगर र लेखापढी व्यवसायी सर्जु थापा पक्राउ परेका थिए ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis