Incident Reports

नवलपरासीमा निर्वाचन प्रचारमा अवरोध

2017-06-14

निर्वाचनविरोधी गतिविधिमा सक्रिय राष्ट्रिय जनता पार्टीले आव्हान गरेको बन्दका कारण दोस्रो दिन बुधबार निर्वाचनमा होमिएका दलहरुले प्रचार गर्न पाएका छैनन् । सदरमुकाम परासी र आसपासका ४ वटा गाउँपालिकामा राजपाका कार्यकर्ताले ठाउँठाउँमा अवरोध गरेर उम्मेदवारलाई प्रचार गर्न रोक लगाएका छन् । लगातार दोस्रो दिन (बुधवार)को बन्दका कारण मतदातामा त्रास बढेको छ । सदरमुकामको रामग्राम नगरपालिका र ४ वटा गाउँपालिकामा प्रचारमा अवरोध पुर्‍याएका छन् । बन्दले परीक्षा नजिकिएका विद्यार्थीहरु पढाइबाट बन्चित भएका छन् । यहाँका विद्यालयमा असार पहिलो साताबाट परीक्षा छ । निर्वाचन बिथोल्ने उद्देश्यले राजपाले जेठ ३० देखि असार २ गतेसम्म (४ दिन ) आमहड्तालको आव्हान गरेको छ । बन्दले असार १ देखि हुने भनिएको कक्षा ११ को परीक्षा अन्योलमा परेको छ । ५ नम्बर प्रदेशमा पर्ने (पश्चिम नवलपरासी) सदरमुकाम परासी, महेशपुर, कुडिया, प्रतापपुर, रुपौलिया, सोमनी, सुस्ता, पक्लिहवा, गुठिप्रसौनी, तिलकपुर, बैदौलीलगायतको क्षेत्रमा बुधबार बिहानैदेखि प्रचारमा निस्केका उम्मेदवारलाई बन्दकर्ताले ठाउँठाउँमा अवरोध गरेका छन् । दिउँसोसम्म कतै अप्रीय घटना भने भएको छैन । निर्वाचन क्षेत्रमा बन्दका कार्यकर्ताले पार्टीका झन्डा र प्रचार सामाग्री (पर्चा, पम्प्लेट, स्पीकर) लिएर हिँड्न दिएका छैनन् । ठाउँठाउँमा बन्दकर्ताले टायर बालेर भित्री राजमार्ग अवरोध गरेका छन् । प्रतापपुर गाउँपालिका अध्यक्षका उम्मेदवार राजकुमार शर्माले बन्दकर्ताको अवरोधका कारण प्रचारमा निस्कन नपाएको बताए । उनले पार्टिका झन्डा देख्नासाथ खोस्न थालेकाले प्रचारमा निस्कन नसकेको बताए । लगातार मंगलबार र बुधबारको बन्दले मतदाता पनि त्रसित बनेका छन् । दलका नेताहरु प्रचारमा घरमा आएको देखेर बन्दविरोधीको तारोमा परिएलाकी भन्ने त्रास बढेका परासीका स्थानीय कोपिलाल सेन्चुरी बताउँछन् । महेन्द्र राजमार्गमा खुकुलो सदरमुकाम र सिमावर्ती क्षेत्रमा प्रचार गर्न नपाएपनि महेन्द्रराजमार्गसँग जोडिएका गाउँमा प्रचारमा भने अवरोध छैन । राजपाका जिल्ला संयोजक पुरन चौधरीले राजमार्गसँग जोडिएका स्थानमा बन्द गराउन नगएको बताए । उनले राजमार्गसँग जोडिएका क्षेत्रमा बन्द गराउँदा देशभरीका यात्रु समस्यामा पर्ने भएकाले त्यतातिर आफूहरुले खुकुलो गरे पनि सदरमुकाम र सिमावर्ती क्षेत्रमा ठप्प पारेको बताए । निर्वाचनमा गाडीमा प्रचार गर्न नदिइने उनले जानकारी दिए । राजमार्गमा जोडिएका सुनवल र बर्दघाट नगरपालिकाका (राजमार्ग उत्तर तर्फका क्षेत्रमा ) भने दलहरु प्रचारमा खटिएका छन् । नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र चौधरीले सबै निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको दाबी गरे । प्रदेश नम्बर ५ मा पर्ने नवलपरासीका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकामध्ये २ वटा नगरपालिकामा डराइडराइ प्रचार गरिए पनि अन्यत्र सुनसान छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports