Incident Reports

देउवाकै गृहजिल्लामा असन्तुष्ट कांग्रेसको दिनहुँ प्रदर्शन

2017-06-14

Sudurpashchim, Dadeldhura, Amargadhi, Ward 5

दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा नेपाली कांग्रेसमा ठूलो विवाद देखिएको छ । जिल्लाबाट सिफारिस गरेकालाई नदिई केन्द्रका नेताले आफूअनुकूललाई टिकट दिएको भन्दै लगातार प्रदर्शन भइरहेको छ । जिल्लामा भएको विरोधलाई बेवास्ता गर्दा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लामा आसन्न निर्वाचन परिणाममा असर पर्ने देखिँदैछ । यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस डडेल्धुराको तर्फबाट सम्भावित लोकप्रिय उम्मेदवारलाई टिकट नदिईएको भन्दै हातमा कालो पट्टी बाँधेर मौन जुलुस, प्लेकार्ड जुलुस लगायतका विरोधका कार्यक्रम गर्दै निर्णय सच्याईनुपर्ने माग राखेका छन् । दुई महिनासम्म उम्मेदवारको टुंगो नलगाई एक्कासी मनोमानी ढंगले टिकट वितरण गरिएको व्यक्तिवादी प्रबृतिका विरोधमा नेपाली कांग्रेस डडेल्धुरा अमरगढी नगर समितिका सभापति दानबहादुर पालको अगुवाईमा प्रदर्शन भएको हो । उम्मेदवार छनौट प्रक्रियाका लागि जिल्लाको विभिन्न तहबाट सिफारिस गरिएको मापदण्डलाई लत्याउँदै केन्द्रीय नेतृत्वले आफूखुशी निर्णय गरेकोले नगर तथा गाउँपालिकाका मतदाताहरुको चाहना विपरीत भएको ठहर अमरगढी नगरपालिकाका पहिलो तथा पूर्व मेयर मोहनराज पाठकको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports