Incident Reports

NagarikNews: RJP stage demonstration in Birgunj against election

2017-06-15

Madhes, Parsa, Birgunj

Cadres of RJP staged demonstration at Ghantaghar Chowk in Birgunj on Thursday with demands for constitutional amendments before holding local level elections. The protesters also burnt tires during the demonstration. The demonstration, as part of RJP's protest programs, saw more supporters on June 15 than previous days due to decreased heat. However,locals are yet not seen supporting the protest programs except for the cadres. The protesters had beaten two people before 8 am for transporting passengers on motorcycle charging them money. They also vandalized the motorcycles and made the riders apologize. पहिले संशोधन, बादमें निर्वाचन' भन्दै संविधान संशोधन पहिलेे होस्, त्यसपछि मात्र निर्वाचन होस् भन्ने नारा लगाउँदै राष्ट्रिय जनता पार्टीका समर्थकहरू बिहीबार बिहानैदेखि घण्टाघर चोकमा टायर बालेका छन्। तापमान ४० डिग्री नाघेको अवस्थामा सुरु भएको आन्दोलनमा सुरुको दुई दिन गर्मीका कारण आन्दोलन समर्थकहरू वीरगन्जमा थोरै मात्र देखिए पनि बुधबार राति पानी परेर मौसम सितल भएसंगै आन्दोलनकारीको संख्या बढेको छ। कार्यकर्ता बाहेकका सर्वसधारणको सहभागिता भने आन्दोलनमा अझै भइसकेको छैन। घण्टाघर चोकमा बिहानदेखि भेला भएका आन्दोलन समर्थकहरूले टायर बाले, नाराबाजी गरे र सवारी साधन चल्नमा अवरोध गरे। कक्षा १२ को परिक्षा सुरु भएकाले उनीहरूले दिउँसो १२ बजेसम्म साना सवारीहरू चल्न दिएको बताए। 'विद्यार्थी भाइबहिनीहरूको परीक्षा छ ११ बजेसम्म त्यसको एक घण्टापछिसम्म हामीले साना यातायात चल्न दिएका छौं,' राजपा नेता शशिकपुर मियाले भने, 'त्यसपछि कडाइ गर्ने हो।' पैसा लिएर मोटरसाइकलमा यात्रुलाई ओसार्ने काम गरेकामाथि आन्दोलनकारीले कडाइ गरेका छन्। आन्दोलनकारीले बिहान ८ बज्नु अघि २ जनालाई समातेर घण्टाघर चोकमा सार्वजिक रुपमा कुटपिट गर्दै, मोटरसाइकल फुटालेर र माफी माग्न लागएर छोडेका थिए। देशमा हुने हरेक चुनावमा उत्साहपूर्वक भाग लिन चाहेको मधेसी जनतालाई थिचोमिचो पारेर सरकारले र प्रमुख भनिएका दलले आन्दोलनमा होमिन बाध्य पारेको मियाँले बताए। 'अधिकारको लडाइँ हो, पुरा नभएसम्म चलिरहन्छ,' मियाँले भने, 'यसभन्दा अगाडि मारिएका जनता थिए, अहिले आन्दोलनमा आएका पनि जनता नै हुन्।' दिनभर विद्यालय, वित्तीय संस्था, बजार र उद्योगहरू बन्द रहे। यातायातका सवारी साधन नचल्दा सर्वसधारण मारमा परेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Strike/Bandh
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Totally damaged Vehicles 2
National/Online Media

0 Comments