Incident Reports

एमालेको टिसर्ट जलाउँदा परासीमा गोली चल्यो

2017-06-17

सदरमुकाम परासीमा प्रहरी र राजपाका कार्यकर्ताबिच झडप हुँदा तीन जना घाइते भएका छन् । राष्ट्रिय जनता पार्टीको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र कार्यकर्ताबीच झडप भएपछि प्रहरीको चलाएको रबर गोलीले तीन जना कार्यकर्ता घाईते भएका हुन् । जिल्लाको सदरमुकाम परासीमा सभा चल्दै गर्दा सभा नजिक मध्य नेपाल यातायात व्यवासायी समितिको काउण्टरमा राखिएको एमाले पार्टीको टिसर्टलाई राजपाका कार्यकर्ताहरुले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको हो । जमुनीका ५० वर्षीय नरसिंह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका छन् । प्रहरी र कार्यकर्ताबीच भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिनका लागि तीन राउड रबर गोली फायर गरेको छ भने आधा दर्जनभन्दा बढि अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले छोडेको अश्रु ग्यासका कारण भागदौडमा अन्य ६ कार्यकर्ताहरु घाइते भएका राजपा नवलपरासीले जनाएको छ । राजपाले सभामा गोली चलाएको आरोप लगाए पनि प्रहरीले झडपलाई नियन्त्रणमा लिन अश्रु ग्यास फायर गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media , Local Newspaper - Surkhet , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Saptari , Local Newspaper - Chitwan , Local Newspaper - Sarlahi

0 Comments

Related Reports