Incident Reports

दुर्व्यवहार गर्न खोज्ने दोषीलाई कारबाहीको माग l

2013-05-28

डोटी । जेठ १५ गते दहकालिकास्थान गाविस­-२ निवासी दीपेन्द्र पाठकले जेठ १४ गते राती दीपायल सिलगढी नपा­-१ मा डेरा गरी बस्ने रानागाउँ गाविस -२ की एक युवतीको कोठामा पसी दुर्व्यवहार गर्ने प्रयास गरेको आरोपमा पीडितले जेठ १५ गते प्रहरीमा जाहेरी दिएकी छन् । खाना खाएर कोठामा पढिरहेका समयमा एकाएक गएका आरोपितले ढोका खोल्न लगाई दुर्व्यवहारको प्रयास गरेपछि भागेर उम्किन सफल भएको पीडित युवतीले बताइन् । दोषीलाई खेाजतलास गर्नका लागि प्रहरीको टोली खटाएका छौँ तर, अहिलेसम्म भेटिएको छैन । दोषी भेटिएमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय डोटीका अनुसन्धान अधिकृत परशुराम चौधरीले बताए । लबदेब भट्ट

0 Comments

Related Reports
Related Trend Analysis