Incident Reports

राजपाका नेता पक्राउ

2017-06-22

राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्षसहित ६ नेतालाई प्रहरीले बिहीबार सदरमुकाम परासीबाट पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, जिल्ला संयोजक पुरन चौधरी र नेताहरु राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी अभिमन्यू यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । निर्वाचन गतिविधिमा असर पर्ने क्रियाकलाप गरेको आरोप लगाउँदै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले शनिबार पनि राजपाका २५ भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरी सोमबार छाडेको थियो । राजपाले आफ्नो पकड मानिने क्षेत्रमा कालोझण्डा घर घरमा राखेर विरोध जनाउँदै आएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi , Local Newspaper - Siraha

0 Comments

Related Reports