Incident Reports

एमाले र कांग्रेस कार्यकर्ताबिच झडप, एमाले वडा सचिव घाइते

2017-06-22

Province 1, Okhaldhunga, Molung, Ward 7

The condition of the injured is unknown as the communication could not be established and police are yet to reach the incident site according to inspector Tika Karki Shiva Prasad Dhungana ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेमा बिहीबार बिहान एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित अन्य दुई जना घाइते भएका छन् । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएको जनाइएको छ । कांग्रेस उम्मेदवारले टाँसेको प्रचार सामाग्री एमाले कार्यकर्ताले च्यातेको आरोपमा कांग्रेस वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको अनेरास्ववियुका केन्द्रिय सदस्य दीपक फुयलले बताउनुभयो । घटनका बारेमा प्रहरीलाई जानकारी गराई सकेपनि प्रहरी चौकी टाढा भएकोले अझ नपुगेको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरी निरीक्षक टिका कार्कीले आफूले थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल तर्फ पठाएको बताउनुभयो । घटनास्थल टाढा भएकोले प्रहरी पुगिनसकेको र थप विवरण प्राप्त नभएको कार्कीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC

0 Comments

Related Reports