Incident Reports

Chand cadres vandalized four jeeps in Dang

2017-06-22

Lumbini, Dang, Tulsipur

The cadres of Nepal Communist Party (NCP) led by Netra Bikram Chand ‘Biplob’ vandalised four jeeps used by Communist Party of CPN-UML, Communist Party of Nepal-Maoist Center (CPN-MC), Rastriya Janamorcha and Rastriya Janmukti Party during their election campaign at Tulsipur Sub-Metropolitan City. चुनावी प्रचारमा प्रयोग गरिएका चार ओटा जीपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले चुनावी प्रचारमा प्रयोग गरी पार्किङ गरी राखेका चार ओटा जीपमा ढुङ्गा प्रहार गरी सो पार्टीका कार्यकर्ताले क्षति पुर्‍याएको प्रहरीले बताएको छ । असार ८ गते एमाले दाङका सचिव हिराचन्द्र केसीको घर अगाडि रोकी राखेको रा १ ज ५६६ नम्बरको जीपमा नम्वर नखुलेको मोटरसाइकलमा आएका नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरी भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नेकपाका कार्यकर्ताहरूले टेलिफोन गरेर तोडफोड आफूहरूले गरेको बताएका थिए । यसैगरी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाले प्रचारमा प्रयोग गरेको रा १ज ५०५, राष्ट्रिय जनमुक्ति पार्टीले प्रयोग गरेको भे १ ज ५७८ नम्बरको गाडीलाई तुलसीपुरको पर्सेनीमा र नेकपा माओवादी केन्द्रले प्रचारमा प्रयोग गरेको लु १ ज १२६३ नम्बरको गाडिलाई बसपार्कमा असार ७ गते राति तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्नहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Total damaged Buildings 00
Totally damaged Vehicles 4
Other Sources , INSEC , Local Newspaper - Dhanusha

0 Comments