Incident Reports

लहानमा २८ वर्षीय महिलाको हत्या

2017-06-23

Madhes, Siraha, Lahan, Ward 1

सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ। तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा शुक्रबार बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए। शवको प्रकृति हेर्दा कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ। बिहान मर्निङ वाकमा गएका व्यक्तिहरुले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पुर्याएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Saptari

0 Comments