Incident Reports

District Agriculture Office chief thrashed after refusing to give donation

2017-06-23

Madhes, Parsa, Birgunj

Birendra Kumar Sinha, chief of District Agriculture Development Office was thrashed by local youths of Shripur in Birgunj near Sinha's office on Friday at around 11:00 am citing Sinha's refusal to give them donation. An employee of the office said that three youths had thrashed Sinha after he refused to give them donation for celebrating Eid festival. चन्दा नदिएको भन्दै छिमेकी टोलका युवाबाट जिल्ला कृषि विकास कार्यालका प्रमुख कुटिएका छन्। शुक्रबार बिहान कार्यालय रहेको वीरगन्जको श्रीपुर टोलका युवाहरुलाई चन्दा नदिएको निहुँमा कार्यालय प्रमुख वीरेन्द्र कुमार सिन्हा कुटिएका हुन्। वीरगन्ज श्रीपुरका तीन युवाले इद मनाउन कार्यालय प्रमुख सिन्हासँग चन्दा मागे पनि नदिए पछि कुटपिट गरेको कार्यालयका एक कर्मचारीले सेतोपाटीलाई बताए। जिल्ला कृषि विकास कार्यालय पर्साको लेखा शाखामा शुक्रबार बिहान ११ बजे तिर बसिरहेका बेला कार्यालय प्रमुख सिन्हालाई दुव्र्यवहार गर्दै कुटपीट गरेको बताइएको छ। तीन जना युवाले गालीगलौज गर्दै हातपात गरेको प्रमुख सिन्हाले बताए। ‘तीन जना युवा इद मनाउनु छ, चन्दा दिनुपर्‍यो भन्दै कार्यालय आएका थिए। मैले दिइनँ, त्यसपछि दुव्यवहार गर्दै कुटपिट गरेका थिए।’ शुक्रबार बिहान ७ बजे जिल्ला कृषि विकास कार्यालयमा चन्दा माग्न पुगेका आधा दर्जन युवाहरूलाई आर्थिक सहयोगका लागि कार्यालयमा छुट्टै बजेट नभएकाले चन्दा दिन नसकिने, जवाफ फर्काएपछि उनीहरू आफूमाथि जाइलागेको सिन्हाले बताए। चन्दा दिन नसकिने भनेको ४ घण्टा नबित्दै लगभग ११ बजे तिर कृषि विकास कार्यालयमा पुगेका युवाहरूले कार्यालय प्रमुख सिन्हालाई गाली गलौज गर्दै घिसारेर कुटपिट गरेको कार्यालयका कर्मचारीले बताएका छन्। कुटपिट गरे पछि युवाहरू मोटरसाइकलमा चढेर भागेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Extortion
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments