Incident Reports

पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु

2017-06-19

Madhes, Bara, Kalaiya, Ward 13

पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१३ की ३८ वर्षीया मन्तुरी राम चमारको हत्या भएको घटनाको अनुसन्धान भइरहेको अवस्थामा ४२ वर्षीय पति दरोगा राम चमारको मृत्यु भएको हो । कलैया उपमहानगरपालिका-२० माइतीमा वर्षौँदेखि बस्दै आएकी पत्नी मन्तुरीलाई सुतिरहेको अवस्थामा असार ५ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले दरोगालाई असार १३ गते गिरफ्तार गरेको थियो । प्रहरीले उनलाई गिरफ्तार गरेर नियन्त्रणमा लिएको पाँच घण्टा भित्रमै आरोपित चमारको मृत्यु भएको थियो । गिरफ्तारीमा परेका दरोगाको विष सेवनले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रवीर बिकले बताए । उनले भने-‘बोली लर्बराउन र मुखबाट फिज निकाल्न थालेपछि अस्पताल लग्दा विष सेवन गरेको पाइयो, गिरफ्तार अघि नै विष सेवन गरेका रहेछन् ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments