Incident Reports

CPN-UML cadre arrested on charge of attacking the victory rally of NC

2017-06-30

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 1

Police have arrested 37 years old UML cadre Subash Acharya, 34 years old Bhim Rai, and 33 years old Shiva Khatiwada on June 30 on charge of attacking the victory rally of Nepali Congress Party by pelting beer bottles and cans. Accused Rai and Acgarya was arrested from the incident site where as Khatiwada was arrested while he was hiding in another place according to DSP Nabin Kishore Pradhan. विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ । नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि शुक्रबार साँझ दोहोरो झडप भएको थियो । रुपाकोट मझुवागढी नगरपालिका–१ मा काँग्रेस विजय भएपछि दिक्तेल बजारमा निकालिएको विजयी जुलुसमा एमालेका कार्यकर्ताले दिक्तेलस्थित त्रिवेणी चोकमा आक्रमण गरेको थियो । दुई पार्टीबीच भएको दोहोरो झडपपछि एमालेका भीम राई, सुवास आचार्य र शिवसाकार खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपका क्रममा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित प्रकाश श्रेष्ठ, क्रियाशील सदस्य बिनिता श्रेष्ठलगायत घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको काँग्रेस खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जानकारी दिए । साँझको समयमा दोहोरो झडप भएपछि उग्ररुप लिने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारका सबै होटल बन्द गराएको छ । झडपपछि दिक्तेल बजारको सुरक्षा व्यवस्था कडा बनाइएको छ । दुई पार्टीबीच दोहोरो झडप भएपछि काँग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना स्थगित गराएको छ । झडप भएलगत्तै काँग्रेस कार्यकर्ताले शान्तिपूर्ण विजयी जुलुस भइरहँदा बिनाकारण एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै आक्रमणमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मतगणना स्थगित गराएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना काँग्रेसले स्थगित गराएपछि सर्वदलीय बैठक बसेको थियो । झडप हुनुका कारण थहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Election-related cause secondary
National/Online Media , INSEC , Local Newspaper - Morang

0 Comments