Incident Reports

Setopati: Supervisor of NEA caught with bribe

2017-07-03

Bagmati, Bhaktapur, Bhaktapur

Bhanwan Sagar Bhaila, the supervisor of Nepal Electricity Association, Bhaktpur was caught red-handed by CIAA on Monday. CIAA caught him with the bribe of NRS 11,000 from his office. He was accused of taking bribe for enhancing the capacity of the meter box of one of his customer. The customer, who owns a shop, located at Suryabinayak municipality- 5, has filed the case in CIAA when Bhaila asked him for bribe to increase the capacity of his meter box. CIAA has taken him in custody for further investigation. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ । आयोगको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भैललाई रू ११ हजार घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट सोमवार रङ्गेहात पक्राउ गरेको हो । एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धानका क्रममा भैललाई रङ्गेहात पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–५, साविक कटुञ्जे गाविस–१ मा अवस्थित एक मसला उद्योगले १५ एम्पियरको मिटरलाई ३२ एम्पियर बनाउन निवेदन दिएकोमा भैलले ढिलासुस्ती गर्दै ग्राहकसँग घुस मागेका थिए । ग्राहकले आयोगमा उजुरी गरेपछि आयोगको टोलीले छानबिन शुरू गरेको थियो । भैल प्राधिकरण भक्तपुर शाखाको नयाँ ग्राहक सेवाका पाँचौँ तहका सुपरभाइजर हुन् । पक्राउ परेका सुपरभाइजर भैललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । थप अनुसन्धानपछि भैललाई कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले बताएकाे छ ।
National/Online Media , Local Newspaper - Mahottari

0 Comments

Related Reports
Related Trend Analysis