A group of youth belonging to Nepali Congress has smeared black soot on a youth leader Yubaraj Paudel for not being loyal to the mayoral candidate of the same party.
A group of four led by Bijaya Pudasaini smeared black soot on him after the mayoral candidate Bhanubhakta Bhattarai lost the election from Kohalpur in Banke district on Wednesday.
बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा दुर्व्यवहार भएको छ ।
बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भइरहेको छ ।
कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए ।
बुधबार दिउँसोमात्र कोहलपुरको मतगणना सकिएको थियो । नेपाली कांग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै पुडासैनीको समूहले घरमै गएर पौडेलमाथि दुर्व्यवहार गरेको थियो ।
दुव्र्यबहार गरेको पीडित पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।