Incident Reports

Radio Journo Restricted to Enter FM Station

2013-06-04

Radio Journo Restricted to Enter FM Station Tanahu/ June 4 Radio journalist Pradeep Kafle of community Radio Damauli FM 94.2 MHz has been restricted to enter into the radio office by the director of FM Gopal Prasad Bhandari on June 4. Kafle who went to the office in the morning was barred from entering into the office. He said that he was compelled to lock the main gate of the office after he was not allowed to enter the premises. The director of the FM station made no comment regarding the incident. Journo Kafle later opened the padlock after an agreement was reached to correct Kafle"s demotion from news chief to the news reader at a meeting held between the FM management committee and him. Kafle was demoted to news reader in the meeting held four months ago by the management committee in presence of former home minister Govinda Raj Joshi. Prakash Chandra Bhattarai तनहुँ । जेठ २१ गते दमौलीमा रहेको सामुदायिक रेडियो दमौली एफएम ९४.२ मेघाहर्जका पत्रकार प्रदिप काफ्लेलाई एफएमका निर्देशक गोपालप्रसाद भण्डारीले जेठ २१ गते विहान एफएम कार्यालयमा प्रवेशमा रोक लगाए । बिहान आफ्नो नियमित ड्युटीमा गएका काफ्लेलाई निर्देशक भण्डारीले एफएमको मुलगेटको ताला लगाई रेडियो भित्र प्रवेशमा रोक लगाएका थिए । उनले रेडियोका अन्य कर्मचारीलाई काफ्लेलाई रेडियो भित्र छिर्न नदिनु भन्ने निर्देशन समेत दिएका थिए । मंगलबार विहान रेडियोमा समाचार बाचन गर्न जाने क्रममा निर्देशक भण्डारीले आफूलाई एफएमको मुख्य गेट भित्र छिर्न नदिएको काफ्लेले बताए । आफुलाई भित्र छिर्न नदिएपछि काफ्लेले निर्देशक भण्डारी भित्रै रहेको बेला एफएमको मुख्य गेटमा ताला लगाई भण्डारीलाई नै दुई घण्टा थुनिदिएका थिए । आफु विगत झैं नियमित रुपमा एफएममा गएको क्रममा निर्देशक भण्डारीको निर्देशनमा आफुलाई एफएम भित्र छिर्न नदिएपछि बाध्य भएर एफएमको गेटमा ताला लगाएको पीडित पत्रकार काफ्लेले बताए । एफएमका निर्देशक भण्डारीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । काफ्लेले निर्देशकलाई कार्यकक्षमै थुनेपछि एफएमका अध्यक्ष कृष्णप्रसाद गौतम, पुर्व अध्यक्ष शान्तिरमण वाग्ले, कोषाध्यक्ष सूर्यचन्द्र हड्खले सहितका एफएम सञ्चालक समितिका पदाधिकारी र पत्रकार काफ्लेका बीच भएको वार्तामा काफ्लेलाई विगतमा एफएमले समाचार प्रमुखबाट समाचार बाचकमा घटुवा गर्ने निर्णय सच्याउने सहमती भएपछि काफ्लेले ताला खोलेका थिए । गत माघ ८ गते एफएमका संरक्षक पुर्व गृहमन्त्री गोविन्दराज जोशीको उपस्थितिमा भएको एफएम व्यवस्थापनको बैठकले काफ्लेलाई समाचार प्रमुखबाट घटुवा गरी समाचार बाचक बनाएको थियो । प्रकाशचन्द्र भट्टराई

0 Comments

Related Reports
Related Trend Analysis