Incident Reports

Educational Materials Provided to Girl Who Refused Underage Marriage

2013-06-05

Tanahun/June 6 INSEC Tanahun has provided educational materials to Durga Ranabhat, 14, of Pokharibhanjyang VDC-3 on June 5. Ranabhat was about to be married off could escape it after a community organization supported by INSEC Tanahun’s HRE program. Sabnam Sharma, the INSEC district coordinator provided the materials to Ranabhat at a program organized at Janjagriti Ganga Secondary School in Pokharibhangjyang VDC-3. Prakash Chandra Bhattarai तनहुँ । ०७० जेठ २३ गते अभिभावकले बालविवाह गर्ने तयारी गरेको क्रममा इन्सेक तनहुँले मानवअधिकार शिक्षा कार्यक्रममार्फत प्रवर्द्धन गरेको सामुदायिक संस्थाको पहलमा विवाह गर्नबाट रोकिएकी पोखरीभञ्ज्याङ्ग गाविस-३ की १४ वर्षीया दुर्गा रानाभाटलाई जेठ २३ गते इन्सेक जिल्ला कार्यालयले शैक्षिक सामग्री प्रदान गरेको छ । पोखरीभञ्ज्याङ्ग गाविस-३ स्थित जनजागृति गंगा माविमा आयोजित कार्यक्रममा इन्सेक जिल्ला संयोजक सवनम शर्माले उक्त बालिकालाई विद्यालयको पोशाक सहितको शैक्षिक सामग्री प्रदान गरिन् । जनजागृति माविमा कक्षा ६ मा अध्ययनरत दुर्गालाई गत वर्षअसारमा विवाह गर्न लागि ठिक्क पारेको अवस्थामा पोखरी भञ्ज्याङ्ग गाविस स्थित पोखरीभञ्ज्याङ्ग महिला विकास सहकारी संस्थाका पदाधिकारीले उक्त विवहामा रोक लगाएका थिए । प्रकाशचन्द्र भट्टराई

0 Comments