Incident Reports

जनस्वास्थ्यका कर्मचारीद्वारा कार्यालयमै आत्महत्या, पालेलाई निर्घात कुटपिट

2017-08-07

Madhes, Sarlahi, Malangawa

जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविन कुमार चौधरीले कार्यालयमै झुण्डिएर आत्महत्या गरेपछि चौधरीका आफन्तले कार्यालयका पाले गया चौधरीलाई निर्घात कुटपिट गरेको छ । सर्लाही बबरगंज बस्ने २८ वर्षिय चौधरीले घाँटीमा पासो लगाइ आइतबार आत्महत्या गरेको र रातीको समयमा कार्यालयको साँचो किन दिएको भन्दै आक्रोशित बनेको मृतकका आफन्तले मलंगवा ९ बस्ने ५५ वर्षिय चौधरीलाई निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कुटाई खाएका चौधरीको कान र नाकमा बढी चोट लागेको र जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपश्चयात थप उपचारका लागि काठमाडाँै रेफर गरिएको प्रहरीले जनाएको छ । पालेलाई कुटपिट गरेको आरोपमा प्रहरीले मृतकका दुइजना आफन्त २१ वर्षिय दिपेन्द चौधरी र ३५ वर्षिय सुरेन्द चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताउनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Sarlahi

0 Comments

Related Reports