Incident Reports

बालकलाई जबरजस्ती गरेको आरोपमा पक्राउ

2017-08-07

Bagmati, Chitawan, Khairahani, Ward 2

६ वर्षका बालकलाई जबरजस्ती मुखमैथुन गराएको आरोपमा प्रहरीले खैरहनीका एक जना अवकाश प्राप्त शिक्षकलाई पक्राउ गरेको छ । पुर्वको जिल्लाबाट आएर खैरहनीमा बस्दै आएका बालकलाई दुर्व्यवहार गर्ने खैरहनी नगरपालिका वडा नम्बर २ चैनपुरका कृष्णप्रसाद आर्याललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। ५६ वर्षका अर्याल जनजीवन मावि चैनपुरबाट अवकास प्राप्त शिक्षक हुन् ।अर्यालले मादक पदार्थ सेवन गरी बालकलाई अप्राकृतिक मुख मैथुन गराएको आरोप स्थानीयबासीले लगाएका छन् । बालककी आमाले मंगलबार इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि प्रहरीले अर्याललाई तत्काल पक्राउ गरेको हो ।अर्यालले बालकलाई ललाई फकाई गरी घरमै लगेर मुख मैथुन गर्न लगाएको र बालकले गर्न नमानेपछि कुटपिट गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नीलबहादुर विकले बताए । अर्यालले बालकविरुद्ध गरेको अपराध प्रमाणित भएमा १० वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Chitwan

0 Comments