Incident Reports

Annapurna: Unidentified group vandalize school in Humla

2017-08-18

Karnali, Humla, Sarkegad, Ward 7

An unidentified group has vandalized Kot Primary School in Sarkegaad rural municipality-7 of Humla district on August 18. According to school officials, the group of unidentified people vandalized the school protesting the recruitment the previous afternoon of new teacher at the school against their will. They have destroyed all important official files. Window glasses and cupboards were also broken during the vandalism. The school officials have demanded investigation and action against the culprit. विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर कोट माध्यमिक विद्यालय तोडफोड भएको छ । गत भदौ १ गते दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले कक्षा ११ सञ्चालनका लागि शिक्षक छनोटमा अर्कै व्यक्तिलाई छनोट गरेपछि अज्ञात समूहले राति विद्यालयमा तोडफोड गरेको हो । विद्यालयमा कक्षा ११ सञ्चालनको पहलमा सुरु देखिनैं लागेको भएपनि आफ्नै समूहले शिक्षक नपाएको भन्दै स्थानीय एक समूहले विद्यालयमा राती गएर तोडफोड गर्दा १ वटा झ्याल, २ वटा दराज फोडिएका छन् भने विद्यालयले अभिलेख गरेर राखेका सम्र्पूण कागजपत्र र सामाग्री पूर्ण रुपमा नष्ट भएको कोट माध्यमिक विद्यालय प्रशासनले जनाएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि ३८ कोष दक्षिण पूर्वमा पर्ने सर्केघार्ड गाउँपालिका ७ को उक्त विद्यालयमा भएको तोडफोडले विद्यालयमा अध्ययन गरेका र गरिरहेका विद्यार्थीका परिक्षाफल, लब्धांक पत्र, लेखापरीक्षण प्रतिवेदन, बैंकका चेकबुक लगायत महत्वपूर्ण सामान समेत नष्ट भएको विद्यालयका प्रधानाध्यापक नेत्रराज हमालले जानकारी दिए । विद्यालयमा अज्ञात समूहले राति २ बजेतिर तोडफोड गरेको बताएको प्रधानाध्यापक हमालले विद्यालय प्रशासन र व्यवस्थापन समिति मिलेर तोडफोड गर्ने व्यक्तिकाबारेमा छानविन गरिरहेको बताए । ‘विद्यालयको कार्यालय कक्षमा झ्यालबाट पसेर महत्वपूर्ण कागजात र सामान राखेका दराज फोडेर अधिकांश कागज नष्ट पारेछन्' हमाले भने । यही शैक्षिक शत्र देखि कक्षा ११ को पढाई समेत सुरु भएको कोट माध्यमिक विद्यालयमा बाहिरबाट शिक्षक राख्नु पर्छ भन्ने राजनीतिक दलको र केही युवाको चर्को दवाव थियो तर निजि स्रोतबाट कक्षा ११ सञ्चालन गर्नुपर्ने वाध्यता र विद्यालयमै भएका शिक्षकले कक्षा ११ पनि धान्न सक्ने योग्यता भएकाले विद्यालय व्यवस्थापन समितिले आन्तरिकरुपमै रहेका शिक्षकले कक्षा ११ सञ्चालन गर्ने निर्णय गरे लगत्तै तोडफोड भएको प्रारम्भीक अनुमान विद्यालयले गरेको छ । दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठक बस्नु र त्यही राति विद्यालय तोडफोड हुनुले पनि शिक्षकमा असन्तुष्ट भएको पक्षकै संलग्ता प्रमाणीत हुने भन्दै उनले यो घटनाले विद्यालयलाई थप चुनौती थपिएको बताए । कक्षा ६ देखि ११ सम्म पढाइ हुने विद्यालयमा यसरी तोडफोड गरिएको पहिलो पटक भएको बताएकी महिला वडा सदस्य कुशुम कार्कीले सर्केघार्ग प्रहरी चौकीको सहयोगमा तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउने दावी गरिन् । कुनै असहमति भएपनि प्रत्यक्ष रुपमा राख्नु पर्ने बताएकी कार्कीले राति आएर विद्यालयका महत्वपूर्ण कागजात च्यात्ने कामले एसइइ परीक्षा दिएका विद्यार्थीका लब्धांक पत्र समेत नभएपछि समस्या पर्ने बताइन् । उता जिल्लाको शिक्षाको तालुकदार निकाय जिल्ला शिक्षा कार्यालयले भने घटनाका बारेमा अनविज्ञता प्रकट गरेको छ । मौखिक रुपमा मात्रै तोडफोड भयो भन्ने जानकारी पाएपनि आधिकारिक जानकारी नआएको बताएक शिक्षा अधिकारी मदनकुमार थापाले अब छिट्टै विदालयलाई पत्र लेखेर जानकारी माग्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC

0 Comments