Incident Reports

Teachers demand action against student for assaulting teacher

2017-08-18

Karnali, Humla, Simkot, Ward 6

The teachers of Manesarowar Secondary School have demanded the CDO to take action against the accused involved in beatings of the teacher of same school on August 21. Inspector Saugat Gautam, 34 of the Manasarowar secondary school was beaten by Kunjok Rapson Lama of standard 10 while half yearly examination was operating. The victim sustained nose and face injury and undergoing treatment at District Hospital. CDO Dhana Prasad Sharma said that the accused could not be arrested as he is at large after the incident. सिमकोट गाउँपालिका-६ स्थित मानसरोवर माविका शिक्षकलाई कुटपिट गरेको घटनामा संलग्न आरोपितलाई कानुनी कारबाहीको मागगर्दै उक्त विद्यालयका शिक्षकहरूले भदौ ४ गते प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । अर्धवार्षिक परीक्षा चलिरहेको अवस्थामा उक्त विद्यालयका निरीक्षक ३४ वर्षीय सौगात गौतम कक्षा कोठामा रहेको अवस्थामा भदौ २ गते बिहान १०ः३० बजे सोही विद्यालयको कक्षा १० मा अध्यनरत १७ वर्षीय छात्रा कुञ्जोक राप्सन लामाले कुटपिट गरेको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द रावतका अनुसार विद्यालयको पोसाक नलगाई आएका लामाले विद्यालय परिसर भित्र कक्षा कोठामा रहेका शिक्षकलाई कुटपिट गरेका हुन । पीडित गौतमको नाकको भित्री भागमा चोट लागेपछि प्राथमिक उपचार जिल्ला अस्पतालमा भयो भने थप उपचारका लागि जिल्ला बाहिर ‘रिफर’ गरिएको जिल्ला अस्पतालका प्रमुख डा.स्मृति महतले जानकारी दिइन । घटनाका सम्बन्धमा भदौ २ गते जिल्ला जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि सुनुवाइ नभएको पीडित पक्षको आरोप छ । स्थानीय प्रशासनले सुनुवाइ नगरेको भन्दै न्यायका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीको ध्यानाकर्षण गराएको सो विद्यालयका प्रद्यानाध्यापक अमरबहादुर शाहीले बताए । प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्माले आरोपित फरार भएकोले गिरफ्तार गर्न नसकिएको बताउँदै आरोपितको खोजी भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments