Incident Reports

संसोधनको बिरोध गरेको भन्दै राजपाद्वारा एमाले र राप्रपाको झण्डा जलाईयो ,राजपाका दुई नेता प्रहरी नियन्त्रणमा

2017-08-22

Lumbini, Kapilbastu, Kapilbastu

Kalipat Sharma(Jonson) the coordinator of protest program and RJPN local leader Ram Prasad Yadav after the protest दोश्रो पटक पेश गरिएको संबिधान संसोधन प्रस्तावको बिरोध गरेको र तटस्थ बसेको भन्दै राजपा कपिलवस्तुका नेता कार्यकर्ताले नेकपा एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रिको झण्डा जलाएका छन् । नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मुलगेटमा रहेको प्रशासन चोकमा भेला भएका राजपा नेता कार्यकर्ताले मधेस बिरोधी भएको आरोप लगाउदै तिन पार्टीको झण्डा जलाएका हुन् । राजपाका नेता कार्यकर्ताले एमाले र राप्रपा बिरुद्ध चर्को नाराबाजी गरेका थिए । राजनैतिकदलको झण्डा जलाउन नमिल्ने भन्दै प्रहरीले हस्तक्षेप गरे पछि राजपाका नेता कार्यकर्ताले स्थानिय प्रशासन र प्रहरी बिरुद्ध समेत नाराबाजी गरे । सो अवसरमा बोल्दै राजपाका अध्यक्ष मण्डलका आन्दोलन संयोजक डाक्टर कालिपत शर्मा (जनसन) ले संबिधान संसोधन बिरुद्ध जानेहरु मधेस बिरोधी भएको र ति दल सँग जनताले हिसाब लिनु पर्ने बताए । कोणसभा सम्पन्न भए लगत्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक प्रहलाद अधिकारी नेतृत्वको प्रहरी टोलीले नेता जोनसन र राजपाका स्थानिय नेता रामप्रसाद यादवलाई नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Other Sources

0 Comments