Incident Reports

Hetauda Sandesh: Man arrested for trafficking

2017-08-18

Bagmati, Makawanpur, Hetauda, Ward 10

A man has been arrested from Hetauda on a charge of human trafficking. He was on his way to Birtamod from Hetauda-10, with four girls aged 23, 21 and 19 luring them of good jobs in Turkistan. 27-years-old Phurwa Gyamjo Titung, a resident of Ward no. 6, Naukuntha Rural Municipality, Rasuwa, was arrested for the further investigation. काठमाण्डौबाट जान सम्भव नभएकोले भारतको दिल्लीको बाटो हुँदै तुर्किस्तान लैजाने भनी काठमाण्डौबाट चार यूवतीलाई बिक्री गर्न लैजाँदै गर्दा एक अभियुक्त हेटौडामा पक्राउ परेका छन्। हेटौडामा भएको टाटा सुमोमा शंकास्पद अवस्थामा ४ युवती ल्याएर बिर्तामोड जान भनी हेटौडा-१०, बसपार्कमा राखिराखेको अवस्थामा शंका लागि सुमोका युवतीहरुलाई सोधपुछ गर्दा यस्तो रहस्य खुलेपछि अभियुक्त पक्राउ परेका हुन्। तुर्किस्थानमा बैदेशिक रोजगारीको लागि फ्रिभिसा र फ्रिटिकटमा पठाइदिने भनी प्रलोभनमा पारेर बर्ष २३, २१ र १९ का ४ युवतीलाई फकाई लिएर आएका रसुवाको नौकुण्ठ गाउँपालिका वडा नं ६, रस्य बस्ने बर्ष २७ का फुर्वा ग्यम्जो तितुंगलाई पक्राऊ गरेको हो।
Local Newspaper - Makwanpur

0 Comments