Incident Reports

Two injured, 19 arrested in gang fight

2017-09-09

Gandaki, Tanahun, Byas, Ward 5

Police have arrested 19 youths from Byas-5 in Damauli bazaar of Tanahun district on Saturday. The arrested youths are of aged between 16 to 17, police said. Two youths Manish Thapa and Sanam Rai were injured in the clash. Police have recovered a khukuri and sticks from them while some of the weapons were thrown in the river when they saw police coming to that side. सदरमुकाम दमौली बजार नजिकै व्यास–५ पाटनमा शनिवार साँझ ग्याङफाइटमा संलग्न १९ जना युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ गर्नेहरुमा १६देखि १७ वर्षका युवाहरु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुई समूह बीचको झडपमा परी घाइते हुनेमा व्यास–५ निवासी मनिष थापा र सनम राई रहेको प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए । घटना हुँदा हुँदै पुगेको प्रहरीले घटनास्थल बाट झण्डै दुई दर्जनलाई पक्रेको थियो । पक्राउ पर्नेहरुबाट एक थान खुकुरी र केही थान लाठी बरामद भएको छ । खुकुरीसहित पाटन प्रवेश गरेका ती युवाहरुले प्रहरी आएपछि केही हतियार नदीमा फालेको बताइएको छ । केही समयअघि पाटनका युवाले झापुटारका युवामाथि आक्रमण गरेपछि त्यसको प्रतिवाद गर्न गएका युवाहरुले केही स्थानीयमाथि कुटपिट गरेका थिए । त्यसलगत्तै प्रतिवाद भए पछि दोहोरो झडपको स्थिती आउन लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनालगत्तै पुगेको प्रहरीले संलग्न सबैलाई नियन्त्रणमा लिए पछि थप क्षति टरेको एक स्थानीयले बताए। यसरी पक्राउ पर्नेमा झापुटारका युवाहरु रहेको बताइएको छ । तीन जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ गरी घट्नामा संलग्न युवाहरु पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए । घट्नामा घाइते भएका दुई युवाहरु अस्पतालमा उपचार पछि सम्पर्कमा आएको र पीडित नै जाहेरी दिन नआएकोले पक्राउ परेकाहरु प्रहरी नियन्त्रणमै राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments