Incident Reports

युवतीमाथि यौन दुर्व्यवहार, आरोपित गिरफ्तार l

2013-06-15

Province 1, Morang, Jahada

Dipen Neupane मोरङ । ०७० असार २ गते एक १८ वर्षीया युवतीलाई मझारे गाविस-३ का २१ वर्षीय विकास टुठुले पीडित उनकै खेतमा असार १ गते दिउँसो यौन दुर्व्यवहार गरेका छन् । पीडित पक्षले इलाका प्रहरी कार्यालय रानीमा असार २ गते उजुरी दिएका छन् । उजुरीमा पीडितलाई बलात्कार गर्ने उद्देश्यले उनको संवेदनशील अङ्गहरू छामेको उल्लेख गरिएको छ । पीडितले प्रतिकार गर्ने क्रममा उनको अनुहारमा आरोपितको नङ्गले कोतारेको दाग बसेको उजुरीमा भनिएको छ । युवतीको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा असार २ गते भएको छ । आरोपितलाई प्रहरीले असार २ गते गिरफ्तार गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis