Incident Reports

Two held for anti-poll activities

2017-09-15

Madhes, Mahottari, Gaushala

Police in Mohottari today arrested two cadres of CPN Maoist (Biplab) for indulging in the anti-election related activities. Babulal Lama of Hattilet was detained from the Bardibas area while Basishta Mishra of Matihani was held from his locality for their involvement in anti-poll activities, the District Police Office, Mahottari said. Superintendent of Police Kuber Kathayat said the two are to be tried under a public offence act. Security arrangement in the district has been beefed up in view of the third round local poll taking place in eight districts of the Province No. 2 including Mahottari on coming September 18. RSS तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताए । लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ गरिएका हुन् । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक कठायतले बताए । बाढीबाट जोगाउनेले पाउछन्, दलितको भोट रातो खोलाको बाढीबाट प्रत्यक्ष मारमापर्ने गरेको जलेश्वर नगरपालिका वडा नम्बर ६, ७ र ८ का सयौं दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । ती वडामा बसोबास गर्ने खत्वे, मुसहर, चमारलगायतका दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएपछि विभिन्न दलका उम्मेदवार अहिले त्यो बस्तीमा पुगेर मत माग्न सक्रियता देखाउन थालेका छन् । जिल्लाको महादेवपट्टी, बखरी, रतवारा, बजराही र धबौली गाउँका सयौं दलित वर्षेनी रातो खोलामा आएको बाढीबाट भौतिक तथा मानवीय क्षति बेहोर्दै आएको छ । जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवारका लागि मत माग्न बस्तीमा आउने नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल फोरम लोकतान्त्रिक, राप्रपालगायतका राजनीतिक दल र विभिन्न स्वतन्त्र उम्मेदवारसँग उनीहरुले एउटै माग राख्दै आएका छन्, बाढीबाट जोगाउने प्रक्रिया अगाडी बढाउने । उनीहरुले रातो नदीबाट हुने गरेको धनजनको क्षति रोक्ने, रातो नदीमा पक्की बाँध बनाउने, तटबन्ध बनाउने र रातो नदीलाई जनताको सिँचाइ तथा अन्य किसिमले उपयोगी बनाउन मद्दत गर्ने व्यक्तिलाई मात्रै भोट हाल्ने बताउँछन् । गत साउन महिनाको अन्तिमसातामा मात्रै रातो नदीमा आएको बाढीबाट जलेश्वर नगरपालिकामा तीन जनाको मृत्यु भएको थियो । त्यस्तै बाढीबाट करोडौंँको धनमाल र धानखेतीमा क्षति पुगेको हुँदा रातो नदीको बाढीबाट जोगाउनेले मात्रै हाम्रो भोट पाउने उनीहरु बताउँछन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments