Incident Reports

2 cylinder bombs found in front of Chudamani Sharma’s house

2017-09-18

Bagmati, Kathmandu, Budhanilakantha

Two cylinders bombs have been found near the gate of residential building of suspended Chief of Inland Revenue Department (IRD) Chudamani Sharma in Budhanilkanta. According to Rabindra Dhanuk, Chief of Metropolitan Police Range Office, Kathmandu, the bombs were spotted while they were about to be detonated. No damages were caused as the bombs were defused on time. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्बौं कर छलीमा मुख्य आरोपी बनाएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा अज्ञात समूहले सिलिन्डर बम राखेको पाइएको छ। आइतबार राति शर्माको घरमा बम राखिएको हो । उनको घर प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलण्ठस्थित निजी निवासभन्दा ५ सय मिटर नजिक पर्छ। महानगरीय प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका २ मा रहेको शर्माको घरको गेटमा २ वटा सिलिन्डरमा अलकत्रा हालेर अज्ञात समूहले आगो लगाएको थियो । १०–१२ जनाको समूहमा रहेका ती व्यक्ति आगो लगाएर भागेको महानगरीय प्रहरीले जनाएको छ। राति करिब सवा एक बजे सो घटना भएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरीले आगो निभाएको थियो । घटनामा कुनै क्षति भने भएको छैन। काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बम राख्ने व्यक्ति र समूहको पहिचान भइनसकेको जानकारी दिए। प्रधानमन्त्री देउवाको निजी निवास क्षेत्र भएकाले बुढानीलकण्ठको सुरक्षा व्यवस्था विगतदेखि नै चुस्त राखिए पनि शर्माको घरमा २ वटा सिलिन्डर बम पड्काउँदा पनि स्थानीय प्रहरीले सुइँको पाएन। घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Others types of mob justice
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments