Incident Reports

बुहारीको छुराबाट ससुरा घाइते

2017-09-12

Lumbini, Rukum East, Musikot

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-५ मा बुहारीले आफ्नै ससुरालाई छुरा प्रहार गरेकी छिन्। मुसिकोट नगरपालिका नम्बर ५ औंपचौरकी ४० बर्षिया गोमा परियारले आफ्नै ससुरा ५८ बर्षीय तुलबहादुर परियारलाइ टाउकोमा छुरा प्रहार गरेर घाइते बनाएकी हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार तुलबहादुरको टाउकोमा चोट लागेको छ। घाइतेको रुद्रावती अस्पताल तुरांग मजुवामा उपचार भैरहेको स्थानीयले जनाएका छन्। मंगलबार साँझ तुलबहादुरले नातिलाइ हप्काउदै एक दुइ थप्पड हानेकाले रिसले बुहारीले एक्कासी ससुरालाई टाउकोमा छूरा प्रहार गरेको हुन सक्ने बताइएको छ। पारिवारिक झैझगडाका कारणले घटना घटेकोले घटनाका बारेमा स्थानीय बसेर छलफल गरी मिलाउने तयारी भएको छ। उनका छोरा युद्दवीर पनि घरमै थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports