Police have arrested duo for physically assaulting election assistant at the polling center of Dhangadhi-1 on September 16. Those arrested have been identified as Dinesh Kumar Mahato, 24 and Ram Sharan Chaudhary, 25. The duo assaulted Bikran Yadav of Dhangadhi-5 who was assisting Election Officer during the election at the polling center. According to the police, Yadav was beaten up outside the polling center following a dispute while distributing voters ID card.
धनगढीमाई नपा-१ को मतदान केन्द्रमा मतदान अधिकृतले सहयोगको लागि खटाएको कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१ का २४ वर्षीय दिनेशकुमार महतो र वडा नम्बर-२ का २५ वर्षीय रामशरण चौधरीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
धनगढीमाइ नपा-५ का विक्रम यादवलाई भदौ ३१ गते आरोपितहरूले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धनगढीका प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय लहानमा बुझाएका थिए ।
मतदाता परिचयपत्र बाँड्ने क्रममा भएको सामान्य विवादलाई लिएर कर्मचारी मतदान केन्द्रबाहिर निस्केको बेला कुटपिट गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताए ।