Incident Reports

बलात्कार प्रयासको आरोपमा प्रहरीमा उजुरी l

2013-06-16

Dipen Neupane मोरङ । ०७० असार ३ गते एक ३० वर्षीया महिलालाई सुरन्दुरपुर गाविस-३ का २४ वर्षीय मिलन तामाङले बलात्कार प्रयास गरेको आरोपमा पीडितले असार ३ गते प्रहरीमा उजुरी दिएकी छन् । उजुरीमा आरोपितले पीडितलाई असार २ गते राति पीडितको घरैमा गई बलात्कार गर्ने प्रयास गरेको उल्लेख छ । बलात्कार प्रयासमात्र भएकोले पीडितको स्वास्थ्य परीक्षण नगरिएको इलाका प्रहरी कार्यालय बेलबारीका सई प्रदीप पोखरेलले बताए । आरोपितलाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको सई पोखरेलको भनाइ छ । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा अनुसन्धानका लागि राखिएको छ । पीडितका पति वैदेशिक रोजगारमा गएका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis