Incident Reports

पतिद्वारा पत्नीमाथि कुटपिट l

2013-06-16

Dipen Neupane मोरङ । ०७० असार ३ गते विराटनगर उमनपा-१७ की ३५ वर्षीया कलावती पासवानलाई उनका पति ४० वर्षीय नरेश पासवानले घरायसी विवादमा असार २ गते राति लाठीले कुटपिट गरी घाइते बनाए । कुटपिटबाट पीडितको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भयो । उनले इलाका प्रहरी कार्यालय रानीमा असार ३ गते उजुरी दिइन् । आरोपितलाई प्रहरीले असार २ गते राति नै गिरफ्तार गरेको थियो । आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय रानीका इन्चार्ज अनील पौडेलले बताए । दीपेन नेउपा

0 Comments

Related Reports
Related Trend Analysis