Incident Reports

Man found murdered

2017-09-30

Gandaki, Nawalparasi West, Sunwal, Ward 2

Two people have been absconding after the news of murder of 32-year-old Khemraj Aahir (Kedar) of Sunwal-2, came to surface. The deceased had left with his friend, 24-year-old Surendra Giri, on Saturday night at around 9 pm. However, he did not come back that night and his elder brother, Basudev Aahir, went to Giri's house to search for him the next day. Search for Aahir began after he was not found at Giri's house. A local found the dead body in the field in the afternoon and informed police. The body has injuries indicating the use of baton and sharp weapon so murder is suspected. The dead body has been sent to Prithivi Chandra Hospital for postmortem examination. Giri's family has accused Surendra Giri and his sister-in-law, Fulmati Giri of murder. According to the police, both of the accused are absconding. The victim's family shared that the deceased and Giri's family had an argument on September 29 and Giri had called Aahir to talk. सुनवल नगरपालिका २ बत्रौली बस्ने ३२ बर्षिय खेमराज (केदार) अहिरको हत्या भएको घटना बाहिर आएपछि हत्यामा संलग्न भनिएका दुई जना फरार भएका छन् । असोज १४ गते शनिवार बिजया दशमीको राती ९ बजेको समयमा मृतक अहिरको साथी सोही गाउँ बस्ने २४ बर्षिय सुरेन्द्र गिरीले मृतक अहिरलाई एक ठाउँमा जाउँ भनि घरबाट बोलाएर बाहिर लगेका थिए । राती ९ बजे गएको मृतक अहिर रातीभरि घर नफर्केपछि उनको दाई बासुदेव अहिरले भोलिपल्ट आइतबार गिरीको घरमा सोधपुछ गर्न पुगे । गिरीका बुवाले मलाई केहि थाहा छैन भनेपछि मृतक अहिरको गाउँगाउँ र आफन्तहरुकहाँ खोजतलास हुन थाल्यो । दिउँसो ४ बजेको समयमा एक गाउँले घाँस काटन जाँदा धानको खेतमा अहिरलाई हत्या गरि फालिएको शव देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । अहरिको शरीरमा लाठी र धारिलो हतियार प्रयोग भएको निशान देखिएपछि अहिरको हत्या नै गरिएको शंका गरिएको छ । फेला परेको शवलाई पोष्ट मार्टम गर्न जिल्ला पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । मृतक अहिरलाई उनको साथी सुरेन्द्र गिरी र गिरीको भाउजु फुलमति गिरीले नै सुनियोजित तरिकाले हत्या गरेको पीडित परिवारको आरोप छ । घटनापछि आरोपित गिरी र भाउजु फूलमति दुबै फरार रहेको प्रहरीले जनाएको छ । असोज १३ गते नवमीको दिन मृतक र गिरीको घरपरिवारसँग सानो विषयमा झै–झगडा भएको थियो । विवाद मिलाउन भनी गिरीले अहिरलाई लगेको पीडित पक्षले बताए । हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै मृतकको दाइ बासुदेव अहिरले सोमवार जिल्ला प्रहरी कार्यालय परासीमा किटानी जाहेरी दिएका छन् । अहिरलाई उनको साथी गिरी र फूलमतिले नै हत्या गरेको शंकामा गिरीको बुवा र भाईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ भने फरार अभियुक्तलाई खोजतलास समेत गरिरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments