Incident Reports

Man killed after being attacked in drunken stupor

2017-09-30

Lumbini, Dang, Ghorahi, Ward 2

A man has been killed while he was coming from Baglung to Dang to celebrate Dashain. 30-year-old Man Bahadur Khatri, a resident of Hatiya VDC, Baglung, was killed in Dang. His body was found in Ward no. 2, Ghorahi Sub-metropolitan, under Tilekhola bridge on Thursday. It has been proven that his friend Manoj Chaudhary killed him, informed SP Singh. It has also been revealed that during Dashain, they were both drinking at night. Khatri then teased Manoj's sister-in-law. They discussed about the same while returning back after which Manoj pushed him from the bridge. He also attacked on his head with a stone. Manoj has already confessed his crime. बाग्लुङबाट दशैं मनाउन दाङ स्थित सुसुराली आएका एकजना युवाको हत्या भएको छ । बाग्लुङ जिल्लाको साविक हटिया गाविस वडा नं. ६ निवासी ३० बर्षीया मानबहादुर खत्रीको दाङमा हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन । घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरको तिलेखोला पुलमुनी खत्रीको गत विहिवार फेला परेको थियो । अनुसन्धानवाट खत्रीको हत्या सोही ठाउँ निवासी मनोज चौधरीले गरेको खुल्न आएको एसपी सिंहले सेतो पाटीलाई बताइन । हत्या गरिएका खत्री र चौधरी पहिले देखिकै साथि हुन । त्यसैले खत्रीको हत्या भएको दिनमा पनि उनी मनोज चौधरीको घरमा दशैं मान्न गएका थिए । दशैंमा उनीहरुले मदिरा सेवन गर्दै रमाईलो पनि गरेका रहेछन् । एसपी सिंहले भनिन् –तर मध्यराततिर मदिराले मातेपछि खत्रीले मनोज चौधरीको भाउजुलाई जिस्काएको र त्यही अभियोगमा मनोजले खत्रीको हत्या गरेको खुल्न आएको छ । मानवहादुर खत्रीले मनोज चौधरीको भाउजुलाई जिस्काएपछि मनोज आँफै मानवहादुरलाई उनको ससुराली घर सम्म राति नै छोड्न भनि घर बाट गएका थिए । तर बाटोमा उक्त विषयलाई लिएर मानवहादुर र मनोजको बीचमा विवाद भएपछि मनोज चौधरीले आफ्नो साथिलाई घोराही २ स्थित तिलेखोला पुलवाट धकेलेर खोलामा खसाएपछि ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेको खुल्न आएको एसपी सिंहले जानकारी दिइन । हत्याको आरोपमा मनोज चौधरी पक्राउ परिसकेको र निजले अभियोग स्वीकार गरिसकेको पनि एसपी सिंहले बताइन । हत्या गरिएका बाग्लुङ जिल्लाको साविक हटिया गाविस वडा नं. ६ निवासी ३० बर्षीया मानबहादुर खत्रीका अभिभावक बर्षौंदेखि रोजगारको सिलसिलामा भारतको चन्डिगड बस्दै आएको हुँदा मानवहादुर पनि उतै बस्दै आउने गरेपनि उनी हरेक बर्षजसो चाडपर्वमा दशैं मनाउन दाङ स्थित सुसुराली आउँदा मनोज चौधरी संग उनको घनिष्ट मृतता बन्न पुगेको थियो । हत्या गरिएका मानबहादुर खत्रीको टाउकोमा गहिरो खत देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । उक्त अनुसन्धान वाट उनको हत्यामा चौधरीको सम्लग्नता देखिएको एसपी सिंहले बताइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Local Newspaper - Dang

0 Comments