Incident Reports

विर्तामोडमा दिनदहाडै पेस्तोल तेर्साएर सुनपसल लुटपाट

2017-10-12

Province 1, Jhapa, Birtamod

त्यसपछि अनुुहारको मास्कलाई मुुखमुनि झारेका ति व्यक्तिले साहुुजीकै छेउमा फोन लगाए र ‘बिहे कहिलेको हो ?’ भन्दै सोधे। ‘साँच्चिकै फोन गरेको हो या एक्टिङ गरेको त्यो मलाई थाहा भएन,’ संचालक बराईंलीले भने, ‘शनिबारको बिहे भन्ने कुरा आयो। मैले शनिबार बिहानसम्म सुुन तयार गरिदिन्छु भनेपछि उनले अलि ढिला हुने बताए। मेरी श्रीमतीले त्यसो भए शुक्रबार बेलुकासम्म तयार गरिदिने बताएपछि मैले लगातार तीनटा सिक्री र एउटा औँठी देखाएँ। उनले हातमै राख्दै गए। त्यसपछि अचानक खल्तीबाट पेस्तोल झिक्दै मेरो अनुहारमा तेर्साए र म बाहिर नपुुगिन्जेलसम्म केही पनि नबोल्नुस् नत्र सिधैँ सुट गर्दिन्छु भन्दै तर्साए। म पुरै आत्तिएँ। मेरो सातो गयो। ’ कम्मरमा छालाको ब्याग, शरीरमा कालो ज्याकेट लगाएर आएका ती व्यक्ति त्यसपछि सरासर १५० सिसीको निलो पल्सर बाइकमा चढेँ र टाप कसे। ‘मैले बाइकको नम्बर हेरौं भनेर पछ्याउँदै गए तर बाइकमा त नम्बरै देखिएन,’ पीडित राजेशकी श्रीमतीले बताइन् । स्थानीयका अनुसार विर्तामोडको मुख्य चोकमा बिहिबार दिउँसो कुनै प्रहरी सुरुक्षाका लागि खटिएका थिएनन्। घटनास्थलमा खबर गरेको १५ मिनेपछि प्रहरी पुुगेको थियो। ‘नयाँ डिएसपी आएदेखि चोकमा प्रहरी नै खटाउँदैनन्, त्यसरी कहाँ हुन्छ?,’ विर्तामोडका एक प्रहरीले नाम नखोल्ने सर्तमा भन्दै थिए। यता इलाका प्रहरी कार्यलय विर्तामोडका डिएसपी राजकुुमार सिलवाललाई यसबारे बुुझ्दा उनी आफ्नो रणनीतित परिवर्तन गरेकाले यसो भएको बताउँछन् । ‘हामी हाम्रो रणनीति अनुसार चलिरहेका हुुन्छौं, दिनहुँ रणनीति फेरिरहन्छ,’ उनले भने, ‘जहाँसम्म लुुटपाटको कुरा छ। ट्राफिक प्रहरीमा राखिएको सिसिटिभीको मद्दतले हामीले घटनाको अनुसन्धान गरिरहेका छौं। चाँडै घटनामा संलग्नलाई समात्नेछौं। ’ लुटिएको सुनपसलमा सिसिटिभी छैन् । लुटेराले बहान घटनास्थलको अवस्था हेरेरै दिउँसो योजनाबद्ध रुपमा लुुट्न आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports