Incident Reports

मदिरा पिएर स्थानीय कुटपीट गर्ने प्रहरी निरीक्षकलाई कारबाही

2017-10-14

Gandaki, Nawalparasi West, Binayee Tribeni

गस्तीमा गएका बेला मदिरा सेवन गरेर सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निरीक्षकलाई जिल्ला प्रहरीले कारबाही थालेको छ । इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले मदिरा सेवन गरेर शनिवार राति दुम्किवासका सर्वसाधारणलाई कुटपिट गरेका थिए । गस्तीमा निस्केको बेलामा मदिरा सेवन गरेर उनले दुम्कीबासका सर्वसाधरणलाई कुटपिट गरेको आरोप छ । गस्तीमा जादा तासखेलेको स्थानमा मदिरा खाएर पुगेको र उनीहरुलाई नियनत्रणमा लिन खोज्दा स्थानीयले निरिक्षकले मदिरा सेवन गरेको भेटेपछि आपत्ति जनाएर तत्काल उनीबिरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले जुवाडेलाई समाउन खोजेपछि सर्बसाधारणले मदिरा सेवन गरेर गस्तीमा आएको भन्दै हल्ला गरेर जुवाडे भगाएका थिए । जुवाडे भागेपछि जुवाडेकै इसारामा स्थानीय केहि युवाहरुले प्रहरी चौकी अघि प्रहरीलाई दोषि देखाउन नाराबाजी गर्न लगाएको स्थानीयको भनाई छ । घटनाको जानकारी पछि इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी नबिन राईको टोली पुगेर स्थिति साम्य पारेको थियो । उनले प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर स्वास्थ्य परिक्षण गराउँदा मादक पदार्थ सेवन गरेको प्रमाणित भएको बताए । नवलपरासीका प्रहरी उपरीक्षक मुकुन्द आचार्यले इन्सपेक्टरलाई जिल्ला प्रहरीमा तानेर उनको गतिबिधिका बारेमा अनुसन्धन गर्न डिएसपी मोहन खाँडको संयोजकत्वमा ३ सदस्य छानविन टोली गठन गरेर अनुसन्धान भइरहेको जानकारी दिए । टोलमा एक प्रहरी निरीक्षक र एक जना प्रहरीका सई रहेका छन् । उनले छानविनका लागि ५ दिनको समय रहेको र प्रतिबेदनका आधारमा प्रकृया अघि बढाइने बताए । 'दोषी प्रमाणित भए कारबाही हुन्छ' प्रहरी उपरीक्षक आचार्यले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports