Incident Reports

UML cadres padlock their party office in Bhaktapur | एमाले भक्तपुरमा उम्मेदवार विवाद चर्कियो, असन्तुष्ट कार्यकर्ताद्वारा कार्यालयमा तालाबन्दी भक्तपुर |

2017-10-31

Bagmati, Bhaktapur, Bhaktapur

CPN-UML cadres dissatisfied with the decision of not filing for candidacy from the party in Provincial and Parliamentary elections have padlocked their party office on Tuesday. The cadres were dissatisfied after the party decided to let cadres from Maoist-Center file candidacy in Bhaktapur Area no. 1 in both provincial and parliamentary elections. आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले मंगलबार नेकपा (एमाले) भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् । भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी आएकाले त्यसको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको बताए । दंगालले भने, 'हामी वाम गठबन्धन र एमाले नेतृत्वले गरेको निर्णयको विरोधी होइनौं तर भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेको राम्रो पकड हुँदाहुँदै पनि पार्टीको अस्तित्वमा आँच आउने गरी प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा माओवादी केन्द्रलाई छाड्ने निर्णय भयो भन्ने जानकारी आयो, यसलाई सच्याउन माग गर्दै तालाबन्दी गरेका हौँ ।' तालाबन्दी गर्दै क्षेत्र नं १ का नेता कार्यकर्ताले आफ्नो मागको बेवास्ता गरी एमालेले तीनवटै क्षेत्र छाडेमा स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । यसबारेमा पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले तालाबन्दीले कुनै असर नपर्ने बताउँदै केही कार्यकर्ताले नै यसमा असन्तुष्टी मात्र पोखेको दाबी गरे । यसबारेमा पनि पार्टीमा छलफल भइरहेको उनले बताए । यसअघि वाम गठबन्धनले भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई छाड्ने र प्रदेशतर्फ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (ख) माओवादी केन्द्रलाई छाड्ने निर्णय गरेको भन्दै एमाले नेता कार्यकर्ताले विरोध गरेका थिए । तालाबन्दीका क्रममा नेता तथा कार्यकर्ताले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं (ख) मा एमालेले कुनै हालतमा नछाड्ने र अरू दललाई दिए स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । एमालेले भक्तपुर क्षेत्र नं १ मा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिश गरेको थियो भने प्रदेशसभातर्फ (क) मा हरिशरण लामिछाने र (ख) मा रोमन शिलाकारको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments