Incident Reports

22 Complaints in Six Months

2013-06-22

Khotang/June 22 A total of 22 complaints of domestic violence have been registered at Women and Children Service Center (WCSC) since January 2013. WCSC’s officer Junu Rai said that there were few very cases arriving because most of the cases were being settled at village level by the village’s paralegal committee. Rai said that the incidents of minor beatings, verbal abuse and assaults were being settled in the villages while serious physical and mental torture, polygamy and rape were being registered at WCSC. The victims were being provided with legal counseling, support in investigation, consultation, establishing relationship and financial support on the basis of the complaints. Rai informed that a total of 334 cases were settled at village level. DM Chamling Rai खोटाङ । ०७० असार ८ गते जनवरीदेखि हालसम्म महिला तथा बालबालिका कार्यालयमा २२ ओटा मात्र घरेलु हिंसा सम्बन्धी उजुरी प्राप्त भएको छ । गाउँगाउँमा हुने अधिकांश हिंसाका घटना गाउँस्तरमा रहेका पारालिगल कमिटीबाटै मिलापत्र हुने भएकाले उजुरीको संख्या एकदमै कमी आएको महिला तथा बालबालिका अधिकृत जुनु राईले बताइन् । सामान्य कुटपिट, गालीगलौज, झैझगडा जस्ता हिंसाका घटना गाउँस्तरबाटै मिलापत्र हुने गरेको र गम्भीर प्रकृतिका घटना मात्रै आफ्नो कार्यालयमा आउने गरेको उनको भनाइ छ । हालसम्म आएका घटनाहरूमध्ये घरेलु हिंसा, कुटपिट, शारीरिक तथा मानसिक यातना, अंशमुद्दा, बहुविवाह र बलात्कार जस्ता घटना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्राप्त उजुरीको आधारमा पीडितलाई कानुनी सहयोग, परामर्श, छानबिन सहयोग, नातासम्बन्ध कायम र आर्थिक सहयोग जस्ता कार्य गरेको कार्यालयले जनाएको छ । जिल्लामा अत्याधिक घरेलु हिंसा, महिला हिंसा र बालअधिकार हननका घटना हुने र गाउँस्तरमा मिलापत्र हुने गरेको छ । बितेको छ महिनामा मात्रै गाउँगाउँमा भएका पारालिगल समिति मार्फत ३३४ ओटा मुद्दाको गाउँमै मिलापत्र भएको अधिकृत राईको भनाइ छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis