Incident Reports

Man Flees after Pouring Acid over Wife

2013-06-25

Madhes, Saptari, Saptakoshi

Saptari/June 25 Badri Maya Bishwakarma, 30, of Mahuli in Bakadhuwa VDC-7 has been admitted to Sagarmatha Zonal Hospital in Rajbiraj Municipality-3 on June 25 after she sustained serious injuries when her husband Krishna Bahadur Bishwakarma, 48, poured acid over her. According to the hospital, the victim was referred by the Unique Hospital in Raypur VDC. The victim said that her husband, who frequently beat her up on charge of being characterless, poured acid in her private part while she was sleeping on June 11. Locals had admitted the victim to Unique Hospital by collecting 5 thousand rupees on June 12, a local Kusum Acharya of Bakadhuwa VDC-9 said. SI Rajesh Subedi said that a complaint had been filed at Mahuli Police Post and search for Krishna Bahadur was underway. Manohar Kumar Pokharel सप्तरी । ०७० असार ११ गते बकधुवा गाविस-७ महुलीका ४८ वर्षीय कृष्णबहादुर विश्वकर्माले तेजाब हालेर घाइते भएकी पत्नी ३० वर्षीया बद्रीमाया विश्वकर्मा असार ११ गते राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छिन् । रायपुर गाविसस्थित युनिक अस्पतालले रेफर गरेपछि बद्रीमाया असार ११ गते अपरान्ह सगरमाथा अञ्चल अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ । छिमेकी पुरुषसँग बोलेकोमा आफ्नो चरित्रमाथि लाञ्छना लगाउँदै कुटपिट गर्ने पति कृष्णबहादुरले ०७० जेठ २८ गते राती १२ बजे सुतिरहेको बेला योनीमा तेजाब हालेर फरार भएको पीडितले बताइन् । सख्त घाइते भएकी बद्रीमायाको उपचारका लागि स्थानीय महिलाहरूले पाँच हजार रुपियाँ चन्दा सङ्कलन गरी जेठ २९ गते युनिक अस्पतालमा भर्ना गरेको र युनिक अस्पतालले रेफर गरेपछि असार ११ गते अञ्चल अस्पताल भर्ना गरेको बकधुवा गाविस-९ की कुसुम आचार्यले बताइन् । घटनाका बारेमा महुली प्रहरी चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको सई राजेश सुवेदीले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis