Incident Reports

Mental Hospital Bars Activists from Meeting Conflict Victims | मानसिक अस्पतालद्वारा द्वन्द्व पीडितको अवस्था बुझन रोक |

2013-06-25

Lalitpur/ June 25 It has been 11 days since the conflict victim couple Nanda Prasad Adhikari and Ganga Maya Adhikari of Phujel VDC-7, Gorkha were sent to the Mental Hospital in Lagankhel. The couple was forcefully sent to the mental hospital on June 13 from the gate of Bir Hospital where they were in a peaceful hunger strike. The hospital administration’s activities have raised a suspicion that they were sent to the Mental Hospital to suppress the protest. There is dilemma about the condition of the couple following restriction to rights activist and media personnel form the hospital premises since June 24. The couple on June 22 said that they were only administered anesthetic. They further said that they were forcefully administered the anesthetic in order to make them eat. The National Human Rights Commission on June 22 has already asked the hospital to inform about the situation of the couple within 3 days. The couple has been holding a hunger strike for a long time demanding investigation of their son’s murder during the armed conflict. They said that they will continue the strike until their demand is addressed. Ramesh Prasad Timilsin ललितपुर । ०७० असार ११ गते गत जेठ ३० गते वीर अस्पतालको गेटबाट जबरजस्ती मानसिक अस्पताल लगनखेल पुर्‍याइएका गोर्खा फुजेल-७ का द्वन्द्वपीडित दम्पती नन्दप्रसाद अधिकारी र पत्नी गङ्गामाया अधिकारीलाई अस्पतालमा राखिएको ११ दिन नाघिसकेको छ । अस्पताल प्रशासनको गतिविधिले उनीहरूको मानसिक रोगका कारण भन्दा पनि विरोधलाई मत्थर बनाउने नियतले मानसिक अस्पताल पुर्‍याएको शङ्का बढ्न थालेको छ । उनीहरूलाई त्यहाँ गरिएको व्यवहार राम्रो भए नभएको अनुगमन गर्न जाने अधिकारकर्मी तथा सञ्चारकर्मीलाई असार १० गतेबाट प्रवेशमा रोक लगाएपछि उनीहरूको अवस्था कस्तो छ भन्ने अन्यौल सिर्जना भएको हो । असार ८ गते अस्पतालमा रहेका द्वन्द्वपीडित दम्पतिले लठ्याउने औषधी बाहेक नदिएको बताएका थिए । उनीहरूले भने-'भोक लाग्ने र लठ्याउने औषधी दिएर हामीलाई जबरजस्ती खुवाउन खोजेका छन् ।' ती दम्पतिले गत माघ २२ गतेदेखि अन्न नखाई अनसन बस्दै आएको र गत जेठ २४ गतेदेखि पानी तथा फलफूल पनि नखाएका अनसन बसेका कारण माओवादी पार्टी तथा सरकारलाई दवाव परेपछि जबरजस्ती मानसिक अस्पताल ल्याएर राखेको आरोप लगाएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले दम्पतीको अवस्थाका बारेमा तीन दिनभित्र जानकारी गराउन असार ८ गते पत्राचार गरिसकेको छ । यसअघि आयोगका अध्यक्षलगायत पदाधिकारीहरूले प्रशासक, प्रहरी तथा अस्पतालका निर्देशकलाई आयोगमा नै बोलाएर स्पष्टिकरण लिइसकेका छन् । अधिकारी दम्पती २०६१ जेठ १४ गते हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको मागगर्दै लामो समयदेखि आन्दोलनरत छन् । उनीहरू आफूहरूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments