Incident Reports

रोल्पामा चुनावी टोलीमाथि ९ राउन्ड गोली प्रहार

2017-11-12

Lumbini, Rolpa, Pariwartan, Ward 3

चुनावी प्रचार अभियानका क्रममा रोल्पाको इरिबाङ गाउँ पुगेका वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगरको टोलीमाथि आइतबार गोली चलाएर अवरोध पुर्‍याइएको छ । अज्ञात समूहले दुईखोली गाउँपालिका ३ स्थित केवरी खोलानजिकै हतियार पड्काएर अवरोध प्रयास गरेको हो । प्रहरीका अनुसार पुनसहितको चुनावी अभियान टोली बागमारा पुग्नै लाग्दा केवरीखोला नजिकैको जंगलबाट आइतबार बिहान साढे ११ बजेतिर ९ राउन्ड गोली चलेको सुनिएको थियो । पुनको सुरक्षार्थ साथैमा रहेको प्रहरीले पनि ५ राउन्ड गोली चलाएको थियो । स्थानीयका अनुसार केवरी गाउँ पुग्ने बाटोमाथिको जंगलबाट बन्दुक पड्काइएको आवाज सुनिएको हो । तर, प्रहरीले पुनको टोलीलाई कडा सुरक्षासाथ सकुशल इरिबाङको बागमारा बजार पुर्‍याएको थियो । वाम गठबन्धनका तर्फबाट आइतबार इरिबाङको बागमारा बजारमा चुनावी सभा आयोजना गर्ने पहिलेकै निर्णय थियो । उक्त निर्णयअनुसार प्रहरीको कडा सुरक्षाका साथ पुनसहितका नेता सम्मिलित सभा सञ्चालन भएको छ । पुन सवार गाडीमाथि शनिबार मध्याह्नमा माडी-१ को भिताबाङ गाउँ नजिकैको पेदीखोलामा एम्बुस राखिएको थियो । उक्त घटनाबाट जोगिएर राङ्सीमा सभा गर्न पुगेका पुनले यसअघि नै उम्मेदवारको सुरक्षामाथि खतरा उत्पन्न भएको बताएका थिए । पुनसहित वाम गठबन्धनको निर्वाचन टोलीमा प्रदेशसभाका उम्मेदवार दीपेन्द्र पुन, प्रचार अभियानका जिल्ला संयोजक एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, समानुपातिक उम्मेदवारहरु माओवादी केन्द्रका जयपुरी घर्ती, हरिसरा घर्ती, एमालेका कुमार दशौदी र ईश्वरी घर्ती तथा एमाले अध्यक्ष हरिप्रसाद घर्तीलगायतका नेता कार्यकर्ता छन् । चुनावी टोलीमाथि अवरोध गर्न अज्ञात समूहले विभिन्न स्थानमा ढुंगा प्रहार एवं सडक अवरुद्ध समेत गरेको छ । पुन बा १५ च ८६२८ नम्बरको स्कारपियो जिपमा सवार छन् । उक्त जिपमाथि लक्षित गरेर शनिबार एम्बुस राखिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले गोली प्रहार भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले उम्मेदवारको प्रचार टोलीमाथि सामान्य रुपमा अवरोध गर्न खोजिए पनि सुरक्षाफौजले पुनसहितको टोलीलाई गन्तव्यमा पुर्‍याउन सफल भएको बताए । गोली चलाउने समूहको पहिचान गर्न सुरक्षाकर्मीलाई खटाइएको प्रजिअ भट्टराईले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 00
National/Online Media , INSEC , Local Newspaper - Banke , Local Newspaper - Dhanusha

0 Comments

Related Reports