Incident Reports

Two CPN cadres arrested in Jumla

2017-11-18

Two cadres of Nepal Communist Party were arrested by Nepal Police in Jumla on November 18. Hait Budha of Hima rural municipality-7 and Kul Bahadur Shahi of Hima rural municipality-5 were arrested by Police. As per Police, they were arrested in the suspicion of being involved in anti-election activities. नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । हिमा गाउँपालिकामा स्थित बुअ प्रहरी चौकीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मंसिर १ गते साझ गिरफ्तार गरेको थियो । हिमा गाउँपालिका ७ का हैत बुढा र सोही गाउँपालिका ५ का कुलबहादुर शाहीलाई प्रहरीले गिरफ्तार गरेको प्रहरी सहायक निरिक्षक चुडामणि पुनले बताए । उनका अनुसार आसन्न मंसिर १० मा हुने संघ र प्रदेश सभाको निर्वाचनमा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले अनुसन्धानका क्रममा हिमा गाउँपालिकाबाट प्रहरीमा नियन्त्रणमा लिएको पुनले बताए । निर्वाचन विरोधी गतिविधि हुन सक्ने भन्दै दुबै जनालाई निर्वाचन सम्पन्नसम्म प्रहरी नियन्त्रणमा राखिने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा विप्लव नेतृत्वका पार्टीका नेता कार्यकर्ताले निर्वाचन विथोल्न कुनै अप्रिय काम नगरे पनि पुर्व सजकता बनाउनको लागि अनुसन्धानकै क्रममा दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनायो । कार्तिक ३० गते हिमा गाउँपालिकाको रनुखाना गाउँमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन शिक्षा कार्यक्रम संचालनका लागि गाउँमा पुगेका मतदाता शिक्षा कार्यकर्ताबाट निर्वाचन शिक्षा सामाग्री जफत गरी जलाए नष्ट गरेको थियो । नेपाल कम्युनिष्ट पार्टीले देशभर प्रतिनिधि र प्रदेश सभाको निर्वाचन खारेजी गरिनु पर्दछ भन्दै चुनाव विरोधी गतिविधि चलाई रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments