Incident Reports

खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

2017-11-21

Madhes, Siraha, Kalyanpur, Ward 6

सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् । घरायसी बिवाद बढ्दै जाँदा घटना भएको प्रहरीले रातोपाटीलाई बतायो । मंगलबार बिहान ४ बजेतिर कलियानपुर नगरपालिका ६ निवासी मोहमद ओली राइनले खुकुरी प्रहार गरि आफ्नी श्रीमतीको हत्या गरेका हुन् । ३० बर्षकी श्रीमती समिला खातुनको घाँटीमा मोहमद ओली राइनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी सिरहाले जनायो । खुकुरी प्रहारबाट गम्भीर घाइते खातुनको उपचारको लागि कर्जनहा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । श्रीमतीको हत्या गर्ने राइन फरार छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments